'मुद्दा छिन्दा न्याय छिन्नु हुँदैन'

'मुद्दा छिन्दा न्याय छिन्नु हुँदैन'

राजविराज : उच्च अदालत जनकपुर राजविराज इजलाशका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठले मुद्दा छिन्दा न्याय छिन्न नहुने बताएका छन्। सप्तरी जिल्ला अदालत बार इकाइको पदस्थापन कार्यक्रममा बोल्दै श्रेष्ठले अदालतप्रतिको निष्ठा र विश्वास सबैभन्दा महत्वपूर्ण कुरा भएकाले मुद्दा छिन्दा न्याय छिन्न नहुने बताएका हुन्।

'मुद्दा फछ्र्यौट महत्वपूर्ण कुरा हो, तर सबैभन्दा महत्वपूर्ण कुरा न्याय हो,' उनले भने, 'छिटो गर्ने नाममा दगुर्न मिल्दैन तर मुद्दाको प्रक्रियाअनुसार लाग्ने समयभन्दा बढी अल्झाएर राख्न पनि हुँदैन।' बार र बेञ्च सहयात्री भएको बताउँदै उनले समान डुंगामा सवार भएकाले मिलेर हिँड्यौ भने चाँडै पारी पुग्न सकिने अन्यथा डुबिने पनि बताए। न्यायाधीश र कानुन व्यावसायीको भूमिका फरक भएपनि गन्तव्य एउटै भएकाले सहयात्री भएको उनको दावी छ। 

न्यायप्रतिको निष्ठा र अदालतको गरिमा कायम गर्न दुवै एक-अर्काको परिपूरक बन्नुपर्ने बताउँदै न्यायाधीश श्रेष्ठले अदालतलाई न्यायको मन्दिर बनाउनुपर्ने बताए। 'अदालत कस्तो, राजविराजजस्तो' भन्ने उदाहरण बनाउन निश्चित लक्ष्यकासाथ सुधार भइरहेको जानकारी दिँदै न्यायाधीश श्रेष्ठले अदालतको सुधारको प्रक्रियामा पूर्णविराम नहुने बताए।

निर्वाचनको एक महिनापछि अदालतमा आयोजित ११औं पदस्थापन समारोहमा निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक दुर्गानन्द चौधरीले  सपथ ग्रहण गराए। जिल्ला अदालतको प्रमुख न्यायाधीश हरिश्चन्द्र ढुंगानाले न्याय क्षेत्रलाई गरिमामय बनाउन सप्तरीका कानुन व्यवसायीको सक्रिय भूमिका रहेको बताए।

समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्रेस्तेदार दिलकुमार बर्देवा, प्रहरी उपरिक्षक मनोजकुमार यादव, जिल्ला बार इकाईका निवर्तमान अध्यक्ष रामप्रसाद चौधरी, बरिष्ठ अधिवक्ता, जिल्ला न्यायाधीवक्ता, सह न्यायाधिवक्ता, सञ्चारकर्मी, कानुन व्यावसायी, लेखापढी व्यावसायीको सहभागीत थिए।

दुई वर्षे कार्यकालका लागि गत जेठ ३ गते सम्पन्न निर्वाचनमा डोमन साह नेतृत्वको समितिको उपाध्यक्षमा महेन्द्रप्रसाद  देव, सचिवमा ओमप्रकाश यादव, कोषाध्यक्षमा शंकरकुमार मिश्रा, सहसचिवमा रञ्जिता रिजाल तथा सदस्यमा सुरेशकुमार सिंह, ममता चौधरी, इन्द्रकान्त चौधरी, रामनरेश दास, शम्भुकुमार यादव र शिवनारायण यादव निर्वाचित भएका थिए। यस्तै केन्द्रीय पार्षदमा कमलकुमार यादव, केशरलाल खंग, कर्मचन्द चौधरी, उमेशनाथ शरण र बिरबहादुर कडारी निर्वाचित भएका थिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.