प्रधानमन्त्री र मन्त्रीको वक्तव्यप्रति आपत्ति
काठमाडौं : गुठी विधेयकविरुद्ध आन्दोलन गरिरहेका गुठीयार, सम्पदा अभियान्ता र संस्कृतिविदले प्रधानमन्त्री र मन्त्रीको वक्तव्यप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्ति र मन्त्रीका प्रेस विज्ञप्तिप्रति विश्वस्त नभएको उनीहरुको भनाइ छ। उनीहरुले ४ गते गर्ने भनिएको विरोध सभालाई खबरदारी सभाको रुप जारी राख्ने बताएका छन्।
सम्पदा बचाऊ अभियानका अध्यक्ष गणपतिलाल श्रेष्ठले स्वस्र्फूत रुपमा उठेको जनताको आन्दोलनलाई भ्रमपूर्ण भनेर अपमान गर्ने काम गरेको बताए। उनले थप आन्दोलन विषयमा तत्काल नै बैठक बसेर निर्णय गर्ने बताए। सम्पदा विद डा. गोविन्द टण्डनले विधेयक फिर्ता लिने सकारात्मक भएको बताए।