बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा  पक्राउ

राजविराज : सप्तरीकी १५ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएर बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। पीडित बालिकाको बयान र उजुरीपछि आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए।

काठमाडौंमा मजदुरी गर्दै बसेका आरोपितले गत वैशाख १५ गत खानेकुरामा नशालु पदार्थ मिसाइ बेहोस बनाएर काठमाडौं लगेको र कोठामा थुनी बलात्कार गरेको पीडितले बताएकी छन्। आफूहरुबीच साढे एक वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको बताएका आरोपितले भने आपसी सहमतिमै काठमाडौं गएको तर अहिले प्रेमिकाले परिवारको दवावमा झुठो उजुरी दिएको बताए।

पीडित उपल्लो जातको भएकाले आफूहरुबीचको प्रेम अस्वीकार गर्दै घरपरिवार र समाजको सिंगो समुदायलाई नै प्रताडित गर्न थालेपछि आफूहरु सल्लाहमा नै घर फर्किएर प्रहरीसमक्ष आएको उनले बताए।

आरोपित किशोरको गत वैशाख १३ गते मात्र आफ्नै समुदायकी बालिकासँग विवाह भएको थियो। विवाहको दुई दिनमै पीडितसहित आरोपित बालक दुबैजना गाउँबाट बेपत्ता भएपछि केटी पक्षले दुबैलाई हाजिर गराउन आरोपित बालकको परिवारमा दवाव दिँदै आएका थिए।

यस क्रममा आरोपितका बुवालाई झुठा मुद्दा लगाउनेदेखि सिङ्गो बस्तीका दलित समुदायमाथि सामूहिकरुपमा कुटपिट गरेको भन्दै गाउँलेले गत वैशाख २५ गते उजुरी गर्न सदरमुकाम राजविराज आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.