वडा कार्यालयमा चोरी गर्ने पक्राउ
राजविराज : राजविराज नगरपालिका ५ को कार्यालयबाट चोरी भएको समानसहित एक युवक पक्राउ परेका छन्। चोरीका समान बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा सप्तरीको बिष्णपुर गाउँपालिका ६ बस्ने २७ वर्षीय बेचन रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
वडा कार्यालयको ताला फुटाई गत शुक्रबार राति एक÷एक थान ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको थियो।भारतीय सीमा नजिक छिन्नमस्ता गाउँपालिका ३ बाट पक्राउ परेका रामविरुद्ध चोरीको मुद्दा दर्ता गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए।
चोरीमा संलग्न उनका साथीको पहिचान भइसकेको भन्दै प्रहरी उपरीक्षक यादवले खोजीकार्य तीब्रताका साथ भइरहेको बताए ।