सिलवाल, महर्जन र भुसालले लिए राष्ट्रिय परिचयपत्र

सिलवाल, महर्जन र भुसालले लिए राष्ट्रिय परिचयपत्र

ललितपुर : ललितपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। नागरिकलाई  धेरै परिचयपत्र बोकेर हिड्नुपर्ने झन्झटबाट मुतm बनाउने अभियान अन्तर्गत परिचयपत्र वितरण सुरु भएको हो। 

बुधबार पहिलो दिन ललितपुरका तीन सांसदले परिचयपत्र लिएका छन्। ललितपुर क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधिसभाका सदस्य नवराज सिलवाल, कृष्णलाल महर्जन र पम्फा भुषालले परिचयपत्र लिएका हुन्। 

राष्ट्रिय परियचपत्र विभागका महानिर्देशक दीपक काफ्लेले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सबैले परिचयपत्र लिन सक्ने जानकारी दिए। ‘आजदेखि विधिवत रुपमा सुरु भयो’ काफ्लेले भने, ‘जिल्लामा बसोबास गर्दै आएका सबैले परिचयपत्र लिन सक्नेछन्।’ 

सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने बताए। ‘दुई वर्षभित्र १ नेपालीले १ भन्दा बढी परिचयपत्र बोक्नु पर्ने बाध्यताको अन्त्य हुनेछ’, उनले भने। 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीले परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति र निजका बुबाआमाको नागरिकता लिएर आउनुपर्ने जानकारी दिए। ‘फाराम भरेको सातादिन भित्र राष्ट्रिय परिचयपत्र दिइनेछ’, जोशीले भने।  

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.