एपीएफ फाइनलमा

एपीएफ फाइनलमा

उदयपुर : मोरङ फुटबल एकेडेमीलाई २–० ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

थरूहट रंगशालामा बुधबार भएको सेमिफाइनलमा मोरङलाई स्तब्ध बनाउँदै एपीएफले फाइनल यात्रालाई सुनिश्चित गरेको हो। एपीएफको जितमा हरि कार्की र प्रवीण स्याङत्याङले गोल गरेका थिए। खेल सुरु भएको ११औं मिनेटमा हरिले एपीएफको खाता खोलेका थिए।

सुरुआतदेखि नै आक्रामक रूपमा मैदानमा उत्रिएको एपीएफका लागि प्रवीणले ४५औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफमा मोरङले रणनीतिलाई परिवर्तन गरे पनि स्ट्राइकर नवयुग श्रेष्ठलाई विपक्षी खेलाडीले रोकेपछि मोरङ एपीएफलाई नतिजा सुम्पन बाध्य बनेको थियो।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले रणनीति सफल भएको प्रतिक्रिया दिए। उनले मेहनतको नतिजा राम्रो आएको बताए।

सेमिफाइनलबाटै बाहिरिएको मोरङका प्रशिक्षक सञ्जीव बुढाथोकीले मौसमका कारण आफ्ना खेलाडीले खेल्न नसक्दा पराजय बेहोर्नु परेको बताए।

खेलको म्यान अफ दी म्याच एपीएफका हरि कार्की घोषित भए। उनले सात हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताअन्तर्गत बिहीबार आयोजक उदयपुर–११ र गोर्खा ब्वाइज रूपन्देहीबीच खेल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.