हेलिकप्टरबाट गर्भवतीको उद्दार
बाजुरा : बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार गरिएको छ। जिल्लाको स्वार्मिकार्तिक गाउँपालिका १ मुक्तीकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा बिहीबार नेपालगञ्ज पठाइएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए।
सुत्केरी हुन एक महिना बाँकी भएपनि स्वास्थ्यमा समस्या आएपछि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टर मार्फत नेपालगंज लगिएको सिहंले बताए। जिल्लाबाट जटिल केश भएको खबर पाएलगत्तै सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए।
जिल्लामा गरिबी र अशिक्षाका कारण गर्भवतीको अकालमै ज्यान जाने गरेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जिवी शाहीले बताए। सामाजिक विकास मन्त्रालयको सहयोगमा यसअघि बाजुरामा ६ जना बिरामी तथा सुत्केरी महिलाको उद्धार गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।