बालिका बन्धक बनाएर बलात्कार !

बालिका बन्धक बनाएर बलात्कार !

ललितपुर : गतसाता महानगरीय प्रहरी वृत्त सातोबाटोमा दुई बालिका हराएको निवेदन पर्‍यो। प्रहरीको खोजतलासपछि उनीहरु बन्धक बनाइएको अवस्थामा भेटिए। वृत्तका प्रमुख गौतम मिश्रका अनुसार जेठ ३२ गते घरबाट हराएकी १४ वर्षीया बालिका महालक्ष्मी नगरपालिका सानागाउँस्थित १९ वर्षे वीरेन्द्र कोलीको भाडाको कोठामा भेटिइन्। 

डडेल्धुरा घर भएका कोलीले विवाहको प्रलोभनमा पारेपछि बालिका परिवारलाई जानकारी नै नदिई घरबाट निस्किएकी थिइन्। बालिकाकी दिदीले प्रहरीमा उजुरी दिएपछि उनी असार ३ गते दिउँसो भेटिएकी थिइन्।

कोलीले बालिकालाई कोठामा लगेर जबरजस्ती करणी गरेको ठहर भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुरमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेको छ। 

गतसाता नै यस्तै अर्को घटना घट्यो। महालक्ष्मी नगरपालिकाकै बोझेपोखरीस्थित एउटा घरको सटरमा १३ वर्षीया बालिका भेटिइन्। उनलाई मकवानपुरका विभुलाल जोशीले सटरभित्र लुकाएर राखेका थिए। 

बालिका ०६३ सालदेखि एक संरक्षण गृहमा बस्दै आएकी थिइन्। जेठ २५ गते संरक्षण गृहबाट बाहिर निस्किए फर्केर नआएपछि प्रहरीमा उजुरी परेको थियो। प्रहरीको खोजतलासपछि गत ३२ गते उनी सटरभित्र भेटिइन्। 

अभियुक्त जोशीलाई प्रहरीले १ गते मात्रै पक्राउ गरेको थियो। जोशीले सटरभित्र राखेर आफूलाई जबरजस्ती गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छन्। प्रहरीका अनुसार जोशीले १ वर्षअघि पनि बालिका दाजुको छोरी हुन् भन्दै झुक्याएर संरक्षण केन्द्रबाट लगेका थिए। प्रहरीले दुवैमाथि एउटै कसुरमा अनुसन्धान अगाडि बढाएको मिश्रले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.