धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामावलीसहित (अपडेट)

धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामावलीसहित (अपडेट)

गल्छी (धादिङ) : दक्षिणी धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ।  गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीबजारतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो यसबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बैरेनीका सइ जनक बस्नेतले जानकारी दिए।

दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल, गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल हुन्। यस्तै ठेगाना नखुलेको समिक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जीपका चालक र सहचालको अवस्था भने खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.