‘नयाँलाई टिक्न मुस्किल छ’

‘नयाँलाई टिक्न मुस्किल छ’

काठमाडौं : पर्ख पर्ख मायालु, पहिलो नम्बरमा, घरबारमा, जहाँ हेर्‍यो त्यहीँ देख्छु जस्ता लोकप्रिय गीतमा आवाज दिएकी छन्, बिन्दु परियारले। यो गीतको चर्चासँगै पछिल्लो समय बिन्दुको स्वरले पनि श्रोताबाट तारिफ पायो। दाङको तुल्सीपुर पर्सेनीमा जन्मिएकी हुन् उनी। सानैदेखि गीत गाउन सोखिन उनी २०६९ सालको राप्ती आइडलको विजेता पनि हुन्। यस्तै स¥यो गंगा एफएमबाट आयोजना भएको सयौं स्टार गायन प्रतियोगिताको टाइटल विजेता पनि हुन्।

हाल अनामनगरमा परिवारसँगै बस्दै आएकी उनी करिब पाँच वर्षदेखि नेपाली संगीतमा सक्रिय छिन्। हालसम्म करिब दुई सयभन्दा बढी गीतमा आवाज दिइसकेकी छन्। संगीत गुरु चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीत पनि सिकिरहेकी छन्। आधुनिक गीत, गजल तथा लोकगीतमा पनि उनको दम छ। उनका श्रीमान् सुदीप सागर पनि म्युजिक एरेन्जर र गायक हुन्। दुवैजना गायनमै संघर्ष गरिरहेका छन्। एकअर्काका दरिलो सहयोगी पनि हुन्।

सयौं स्टार भएपछि एउटा फिल्मको गीत गाउने अवसर पाएकी थिइन् उनले। यसका लागि पहिलोपल्ट काठमाडौं आइन्। अप्रिल फुल चलचित्रमा ‘तिम्रो मेरो पिरती भयो कस्तो कस्तो’ बोलको गीत गाउने मौका पाइन्। गीत बजारमा आएपछि मात्रै आफ्नो स्वरलाई चिन्ने मौका पाइन् उनले। काठमाडौं छाडेर दाङ फर्कन मन लागेन। काठमाडौंमै संगीत सिक्ने निधो गरिन्।

काठमाडौंमा अवसर पाउन भने उनले सोचेजस्तो सजिलो थिएन। उनी भन्छिन्, ‘नयाँलाई टिक्न निकै मुस्किल छ। विपन्न परिवारको मान्छेलाई त झन् साँझबिहानको गाँस जुटाउनै साह्रो छ। सुरुमा कसैले अवसर दिन चाहन्नन्। चलेका गायक गायिकाले मात्रै गीत चल्छ भन्ने गलत परिपाटी छ। गायन पेसामा निरन्तर मेहनत र धैर्य गर्नैपर्छ।’

राम्रो सिंगर हुन स्वर मात्रै भएर नहुने उनले बुझेकी छन्। समयअनुसारको गायकी, टोन, मान्छेसँगको सम्बन्ध र गीत गाउने शैली र प्रस्तुतिले पनि अब्बल हुनुपर्ने उनी बताउँछिन्। विभिन्न मेला तथा सांगीतिक कार्यक्रममा गीत गाउन गइरहन्छिन् उनी। आयोजक हेरेर प्रत्येक गीत गाएबापत १५ हजार रुपियाँसम्म पारि श्रमिक लिने गरेकी छन्। उनको आफ्नै गीत ‘लाउनेले नजर लगायो त’ भन्ने गीत पनि बजारमा छ। प्रायः चलचित्रका गीत गाउन व्यस्त बिन्दु गीत गाएरै पनि जीवन चलाउन सक्नेमा ढुक्क छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.