ललितपुरका पत्रकारले प्रजिअलाई बुझाए हस्ताक्षर
ललितपुर : मिडिया काउन्सिल विधेयक फिर्ताको माग राख्दै पत्रकार महासंघ ललितपुरले संकलन गरेको हस्ताक्षरलाई प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी समक्ष बुझाइएको छ। ललितपुरका पत्रकारहरुले उक्त हस्ताक्षर शुक्रबार जोशीलाई बुझाएका छन्।
पत्रकाहरुले उक्त हस्ताक्षर प्रधानमन्त्री समक्ष पुर्याइदिन समेत आग्रह गरे। त्यस्तै जोशीले उक्त हस्ताक्षर प्रधानमन्त्री समक्ष पुरयाउने बचन दिए। सरकारले संसदमा दर्ता गरेको उक्त विधेयक फिर्ताको माग गर्दै मुलुकभरका पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गरेका छन्।