संस्कृतिमाथि नै सरकारको हस्तक्षेप : कांग्रेस नेता पौडेल
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाइको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।
सरकारको विरोधमा कांग्रेस सडकमा उत्रिने उनको चेतावनी थियो । शुक्रबार रिपोर्टर्स क्लबमा यस्तो बताएका हुन् । गुठीसम्बन्धी विधेयक, मिडिया काउन्सिल लगायत विभिन्न विधेयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको पनि पौडेलको आरोप छ ।
सरकार बनेको १६ महिना बितिसक्दा पनि अहिलेसम्म जनहीतमा काम गर्न नसकेको उनको भनाइ थियो । ‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होइन,’ उनले भने ।
साथै बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशिल नभएको उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो । वर्तमान सरकार सफल हो भन्नसक्ने कुनै तर्कको आधार छैन ।’ ओली सरकार पूर्ण रुपमा असफल भएको पनि उनको दाबी छ । नेता पौडेलले भनेका छन्, ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ ।