प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने तयारी : मुख्यमन्त्री राई

प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने तयारी : मुख्यमन्त्री राई

धनकुटा : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।

‘सूचना प्रविधिको विकासले आज विश्वलाई एउटै परिवारमा एकीकृत बनाएको छ । सूचना र प्रविधिकै कारण विश्वका ठूला देशहरु समृद्धि र विकासमा छलाङ मार्न सफल भएका हुन्,’ मुख्यमन्त्री राईले भने । यसको भरपुर उपयोग गगरेर समृद्ध मुलुक बनाउनुपर्ने उनको तर्क थियो ।

भ्वाइस र इन्टरनेट डाटा एउटै तारबाट प्रयोग गर्न सकिने खालको ‘टेलिकमदेखि घरसम्म फाइवर’ (एफटिटिएच) सेवा विस्तारका लागि शुक्रबार धनकुटामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस्तो सेवा धनकुटा नगरपालिकाको ६ र ७ नं. वडामा विस्तार भएको छ । २०७६ साल भित्र जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी भइरहेको नेपाल टेलिकम धनकुटाकाले जनाएको छ ।

एफटिटिएच प्रविधिवाट जडित टेलिफोनबाट नेपाल टेलिकमको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीसँग कुराकानी गरेर सेवाको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.