घुस काण्डमा पक्राउ परेका सबइन्जिनियर भण्डारीविरुद्ध मुद्दा दायर
नुवाकोट : दुई साताअघि पक्राउ परेका बेलकोटगढी नगरपालिकाका सबइन्जिनियर बद्री भण्डारीलाई कारवाहीको लागि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गत जेठ २५ गते सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको थियो । आयोगका अनुसार भण्डारीले विज्ञापन वापतको कमिसनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले पक्राउ गरिएको थियो ।
आयोगले बिगो असुल र कैद सजायको माग गर्दै भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।