खेलकुद विकास समितिमा एक महिनादेखि ताला

खेलकुद विकास समितिमा एक महिनादेखि ताला

राजविराज : जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीच असमझदारीका कारण कार्यालयमा लागेको ताला एक महिना पुग्दासमेत खुलेको छैन् । समितिका पदाधिकारीले जेठ ७ गते कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा गरेको तालाबन्दी नखुल्दा खेलकुद गतिविधि प्रभावित बनेको छ ।

ताला खोल्ने प्रयास दुवै पक्षको अडानले गर्दा असफल हुँदै आएको छ । तालाबन्दी कायम रहेपछि पूर्वाधार निर्माणका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । कर्मचारीले समेत हाजिर गर्न र तलब बुझ्न पाएका छैनन् ।

अध्यक्ष वा कोषाध्यक्षमध्ये कस्को नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा कोषाध्यक्ष राजेश चौधरीसहित सदस्यहरुले कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्यहरु कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नु पर्ने पक्षमा छन् ।

अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउदै आएका छन् । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएका छन् । खेलकुद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ । 
    
तालाबन्दीका कारण भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित मदन भण्डारी खेलग्रामका लागि आएको २५ लाख रकम र सप्तकोशी नगरपालिकास्थित भगनी मलेठमा कभर्ड हल निर्माणका लागि आएको १० लाख रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको कर्मचारीहरु बताउछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.