सनवेमा दुईदिने आईओटी प्रशिक्षण
काठमाडाैं : आईओटी (ईन्टरनेट अफ थिङ्स) सम्बन्धी बढ्दो रुचीलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा दुई दिने आईओटी प्रशिक्षण सम्पन्न गरेको छ ।
असार ६ र ७ गते चलेको प्रशिक्षणमा दैनिक जीवनशैली ईन्टरनेटको माध्यम द्वारा कसरी स्मार्ट बनाउन सकिन्छ भनेर सिकाइएको प्रशिक्षक भासराज पाठकले बताए ।
प्लस टु को परीक्षा सकेर बसेका, आईटी पढ्दै गरेका र विभिन्न पेशा व्यवसायमा आवद्ध ५२ प्रशिक्षार्थी सहभागी रहेको कलेजकी अपरेसन म्यानेजर सोमाली गौतम देसाइले जानकारी दइिन् ।
आईटी र बिजनेस सम्बन्धी विभिन्न प्रशिक्षण सञ्चालन गर्ने सन वे कलेजले मलेसियाको इन्फ्राइस्टक्चर युनिभर्सिटीको सम्बन्धनमा कम्प्युटर साइन्स र एम बि ए को अध्यापन गराउँदै आएको छ ।