अनावश्यक विवादमा सरकार : नेता सिंह

अनावश्यक विवादमा सरकार : नेता सिंह

सिमरा : पूर्वउपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको समृद्धिका लागि भन्दा पनि अनावश्यक काम गरेर सरकार विवादित बनिरहेको आरोप लगाएका छन्।

 
सर्लाही जाने क्रममा सिमरा विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता सिंहले पछिल्लो समय प्रेस काउन्सिल विधयेक र गुठी विधयेकले सरकारलाई विवादित बनाएको बताए। निर्णय गर्ने र विवादित हुँदैपछि हट्नुपर्ने अवस्थाबाट गुज्रिरहेको सरकारले सच्चिएर अघि बढ्नुपर्ने सिंहको भनाइ थियो।
 
सिंहले वर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाए। प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सिंहले जसका कारण प्रदेश र स्थानीय तहलाई काम गर्न असहज भएको बताए। 

कांग्रेसले प्रतिपक्षीको भूमिका निभाउन कुनै कसर बाँकी नराखेको भन्दै सिंहले संसदमा प्रधानमन्त्री बोल्न नपाउनुमा सभामुखको कमजोरी भएको बताए। सभामुखलाई पूर्वजानकारी गराउँदा पनि प्रतिपक्षी दललाई समय नदिएपछि पार्टीले संसद अवरोध गरेको सिंहको भनाइ थियो। 

नेता सिंहलाई सिमरा विमानस्थलमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, कांग्रेस युवा नेता राजेश रौनियारसहित बारा, पर्सा, रौतहट र सर्लाहीका कांग्रेस नेताकार्यकर्ताले स्वागत गरेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.