गाउँ–ठाउँ खोज्दै भिडियो

गाउँ–ठाउँ खोज्दै भिडियो

ललितपुर : गाउँ–ठाउँमा खोजी लाग्यो भने के–के भेटिएलान् ? लुकेका पर्यटकीय गन्तव्य, संस्कृति, रहनसहन, खानपान आदिका उत्कृष्ट उदाहरण। यस्तै खोजीमा जुटेको भिडियो प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ ले १ सय ३२ वटा विविधतायुक्त सामग्री जुटाएको छ। तीमध्ये ८ विधाअन्तर्गत ४७ वटालाई अन्तिम छनोट गरेको छ।

उत्कृष्ट भिडियोलाई असार १६ गते भव्य समारोह गरी पुरस्कार तथा अवार्ड प्रदान गरिने आयोजक ‘वी विल राइज फाउन्डेसन’ ले जनाएको छ। विधामा पब्लिक च्वाइस, बेस्ट स्क्रिप्ट राइटर, विमेन भिडियो मेकर अफ द इयर, बेस्ट टेक्निसियन, बेस्ट भिडियो अफ द इयर, मोस्ट इनर्जेटिक भिडियो मेकर, मोस्ट पोटेन्सियल डेस्टिनेसन, अ फ्युचर स्टारलगायत छन्। छानिएका केही भिडियो शनिबार गरिएको प्रेस प्रदर्शनमा फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले सातै प्रदेश र विविधतायुक्त विषय समेटिने गरी भिडियो प्राप्त भएको जानकारी दिए। तीमध्ये बढी पर्यटकीय क्षेत्रसँग सम्बन्धित छन्। प्रतियोगितामा बढीमा ५ मिनेटका भिडियो मात्र सामेल गरिएका छन्।

खोटाङको तावाचुङ, किराँत संस्कृतिदेखि भक्तपुरको मिठो दही जुजु द्यौसम्मका भिडियो छन्। गोर्खाको लाप्राक, धार्चेमा रहेको मकैविवाह गर्ने परम्परा, इलाममा ओझेल परेको सेतीदेवीको मन्दिर, उदयपुरको साई खोला किनारमा रहेको नेपाली ‘ताजमहल’, समुन्द्री सतहदेखि चार हजार फिटमाथिको नुवाकोटको सिंग्लाको संस्कृति, लमजुङका छैलुङमा रहेको गुरुङ संस्कृति, राइनासकोट आदि छानिएका छन्।

भूकम्पपछि हङकङमा बस्ने तुलसीकुमार गुरुङको अगुवाइमा यो फाउन्डेसन स्थापना भएको हो। यसले पुनर्निर्माणमा पनि योगदान पुर्‍यायो। पछिल्लो समय यो संस्था बहुआयामिक सामाजिक क्षेत्रमा क्रियाशील रहेको र त्यसैको एउटा अंगका रूपमा यो प्रतियोगिता गरिएको अर्का निर्देशक अनुप बरालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.