रक्सीले मातिएर आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु

रक्सीले मातिएर आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु

दार्चुला : नौगाड गाउँपालिका-२ सुण्डमुण्डुमा शेरसिंह बडालले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । अन्दाजी ३२ वर्षीय शेरसिंह बडालले गएराति आफ्नै घरमा आगो लगाउँदा उनकी   श्रीमती ३० वर्षीया विमला बडालको जलेर मृत्यु भएको छ। 

   
शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका-२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले जानकारी दिए। घरमा कोही नभएको बेला बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए। 
     
घरमा आगो लागेको देखेपछि घर छाडेर भागेकाहरु फर्किए। शेरसिंह बाबु बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । उनकी श्रीमती विमला भने सामान निकाल्न जल्दै घरेमा पसेकी थिइन् । भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
 
  घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीसहितको टोली घटनास्थल पुगेको छ। आगो लगाएर परिवारको हत्या गरेको भएको पुष्टि भएको तर के कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए । आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.