जग्गाको हाल साविकमा घुस : नापी कार्यालयका सर्वेक्षकसहित तीनविरुद्ध मुद्दा
काठमाडौं : नापी कार्यालय साँखु, काठमाडौंका दुई कर्मचारीसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा महेश काफ्ले, नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्ध मुद्दा दायर गरेको हो।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख ५० हजार घुसलिइरहेको अवस्थामा सर्वेक्षक न्यौपाने र लेखापढी व्यवसायी केसीलाई अख्तियारले नियन्त्रणमा लिएको हो।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २ बमोजिम कैद र जरिवानाको मागदाबी गरी र विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।