तीन लाखले भरे लोकसेवाको फारम

तीन लाखले भरे लोकसेवाको फारम

काठमाडौं : लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन्। म्याद सकिन दुई दिन अघिसम्ममा २ लाख ९३ हजार २७१ जनाले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज शर्माले जानकारी दिए।

जसमा खुलातर्फ २ लाख ८९ हजार ७८८ जनाले आवेदन लिएका छन्। महिलातर्फ ७१ हजार ५५, जनजाति तर्फ ३१ हजार १३६, मधेसीतर्फ १८ हजार २८८ ले फारम भरेका छन्।

त्यस्तै दलिततर्फ २ हजार २३९, अपांगतर्फ १११ र पीछडिएको क्षेत्र ८७ जना फारम भरेका छन्। फारम भर्ने क्रम तिब्रता गतिमा भइरहेको प्रवक्ता शर्माले बताए। जसबाट ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ।

आयोगले जेठ १५ गते स्थानीय तहको लागि ९ हजार १६१ पदको विज्ञापन खोलेको थियो। केही दिन सर्भरमा समस्या आएपछि असार १० गतेसम्मको लागि म्याद थप गरिएको छ। दोब्बर दस्तुरतिरेर १७ गतेसम्म फारम भर्न पाउने व्यवस्था आयोगले गरेको छ। २०७५ सालभरी नै समायोजनका कारण विज्ञापन आह्वान हुन सकेको थिएन। 

लामो समय खोलिएको विज्ञापनमा पनि सांसदको राज्य व्यवस्था तथा सुशासन समिलिे विज्ञापन खारेज गर्न निर्देशन दिएको छ। निर्देशन लहडको भरमा आएको भन्दै फारम भर्ने काम भने रोकिएको छैन। विज्ञापन आहवन रोक्न सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ। 

लोकसेवा र सरकारले प्रदेश लोक सेवा आयोग गठन भएका कारण विज्ञापन आह्वान कानुन र संविधान सम्मत भएको भन्दै समितिको निर्देशन मानेको छैन।  समितिले संघीयताको मर्म अनुरुप र समानुपातिक समावेसी नभएको भन्दै विज्ञापन रद्द गर्न निर्देशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.