ललितपुरमा ड्रोनमार्फत घर नम्बर

ललितपुरमा ड्रोनमार्फत घर नम्बर

ललितपुर : ललितपुर महानगरपालिकाले नगरभित्रका घरको ब्लक नम्बर वितरण गर्न ड्रोन क्यामेराको उपयोग गरेको छ। ललितपुर महानगरले देशमै पहिलो पटक ड्रोन क्यामराबाट घरको नम्बर दिन थालेको दुई साता भएको छ।

महानगरभित्रका घर नम्बरिङ गर्न जियोस्प्यासल कम्पनीले टेन्डर पाएको थियो। उसले एयर लिफ्ट नेपालसँग सहकार्य गरिरहेको हवाई इन्जिनियर राजविक्रम महर्जनले जानकारी दिए। उनका अनुसार सुरुमा स्याटलाइट नक्साबाट घर नम्बरिङ गर्ने भनिएको थियो। तर स्याटलाइटको तस्बिर महँगो, धमिलो र अस्पष्ट हुने भएकाले ड्रोनको प्रयोग गरिएको हो।

स्याटलाइटको नक्साभन्दा ड्रोनले खिचेको नक्सा गुणस्तरीय हुने महानगरपालिकाका घर धेरै पुराना र जोडिएकाले स्याटलाइटका नक्साले काम नगर्ने उनले बताए। तर ड्रोनबाट खिचिएका नक्सामा घर, गल्ली, सडक, रुखबिरुवा, नदीनाला सबै स्पष्ट देखिन्छन्। ‘त्यसमा थ्रिडी क्यामरा भएकाले घर या ठाउँ ओल्टाइपल्टाइ हेर्न सकिन्छ’, उनले भने, ‘थ्रिडीमा कुनै ठाउँ प्रत्यक्ष पुगेजस्तो महसुस हुन्छ।’

सरकारले ४ प्रकारका ड्रोनको नियमावली लागू गरेको छ। यसैका आधारमा २ सय फिटबाट नक्सा लिइरहेको जानकारी उनले दिए। यतिबेला रिङरोडभित्र काम भइरहेको छ। आइतबार ड्रोन चाकुपाट क्षेत्रमा देखिएको थियो। ‘काम सुरु भएको दुई साता भयो, अझै दुई साता लाग्ला’, उनले भने, ‘दिनको शून्य दशमलव ७ स्क्वायर किलोमिटर मात्र काम हुन्छ।’ यो करिब ७० हेक्टर हुन्छ। काम ढिलो हुने भए पनि एकदमै गुणस्तरीय र दीर्घकालीन प्रयोजनका लागि हुने उनले प्रष्ट्याए।

घरगन्तीमा उपयोग गरिएको ड्रोन सानो हो। यो दिनमा १७ मिनेट मात्र उड्छ। मौसमले पनि काम प्रभावित पारेको छ। यसलाई ड्रोनभन्दा पनि फ्लाइङ क्यामरा भन्नुपर्ने उनले बताए। महर्जनले भने, ‘ड्रोन निकनेम हो।’ यसमा चारवटा पंखा हुन्छन। हेर्दा हेली जस्तो हुन्छ। र त्यसमुनि क्यामरा जोडिएको हुन्छ। गिम्बल (उत्कष्ट गुणस्तर) क्यामरा जोडिएकाले हल्लिने, बिग्रिने समस्या नहुने उनले बताए।

नक्सांकनसँगै महानगरपालिकामा के कति घर छन्, घरको क्षेत्रफल कति छ सबै हेर्न सकिने उनले बताए। प्राकृतिक प्रकोपमा पनि यसले कुन क्षेत्र सुरक्षित छ, कहाँको अवस्था के छ भनेर हेर्न सकिने उनको भनाइ छ। सरकारले तौलका आधारमा ड्रोनलाई ४ प्रकारमा वर्गीकरण गरेको छ। कुनै रिसर्च, अध्ययन गर्न, विपद् व्यवस्थापन, आमसञ्चार, सुरक्षा प्रयोजन, कला, साहित्य तथा मनोरञ्जनका लागि अनुमति लिएर उडाउन पाइन्छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार स्थानीय तहलाई ड्रोन उडानको अनुमति दिइएको छैन। मानवरहीत हवाई उडानसम्बन्धी कार्यविधि २०७५ अनुसार सुरक्षा तथा समन्वयका हिसाबले गृहले निगरानी गर्ने भए पनि जिल्ला प्रशासन कार्यालयबाट उडान अनुमति लिन सक्ने जानकारी उनले दिए। ‘त्यसका लागि सुरक्षा निकायसँग सरसल्लाह गर्नुपर्ने हुन्छ।’ २ किलोभन्दा थोरै तौलका ड्रोन क्यामरा उडाउन सीडीओले अनुमति दिन सक्ने उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.