द्वन्द्वपीडित सांसद तीर्था भक्कानिँदै भन्छिन्–यस्तो गर्नुभन्दा पहिला इतिहास सम्झौँ

द्वन्द्वपीडित सांसद तीर्था भक्कानिँदै भन्छिन्–यस्तो गर्नुभन्दा पहिला इतिहास सम्झौँ

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई बोलाइएको थियो। गृहमन्त्री थापालाई सांसदले सोध्‍ने विषय थियो, सर्लाहीमा विप्लवका स्थानीय नेता कुमार पौडेलको हत्या प्रकरण। 

सरकारले प्रहरीसँग मुठभेडको क्रममा विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज पौडेलको मृत्यु भएको दाबी गरिरहेको छ। बैठकको सुरुवातमा गृहमन्त्री थापाले पनि सांसदहरूसँग पौडेलले प्रहरी देख्ने बित्तिकै फायरिङ गरेका कारण उनीमाथि गोली चलाउनुपरेको दाबी गरे। तर समिति सदस्यले पत्याएनन्। समिति सदस्यले घटनाको प्रकृति हेर्दा कुनै हालतमा मुठभेडमा नमारिएको दाबी गरे। सांसदहरूको तर्क थियो– 'प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर हत्या गर्‍यो।'

बैठकमा समितिका सबै सदस्यले आ–आफ्नो धारणा राखिसके। बैठक सुरु भएको करिब एक घण्टापछि सांसद तीर्था गौतमले समिति सभापति शशी श्रेष्ठसँग बोल्ने समय मागिन्। गृहमन्त्रीको ‘ब्रिफिङ’ र समिति सदस्यको प्रश्नलाई एक घण्टाबाट नियालेर सुनिरहेकी गौतम आफ्नो बोल्ने पालो आएपछि भने भावुक भइन्।

माओवादीले गरेको १० वर्षे सशस्त्र युद्धमा पति यदु गौतमलाई गुमाएकी तीर्थाले पौडेलको हत्यालाई सायद त्यही घटनासँग तुलना गरिन्। सभापतिले समय दिएपछि सांसद गौतमले सम्बोधनका क्रममा एकैछिन् रोकिइन्। त्यसपछि अवरुद्ध गलाबाट सकिनसकी दबिएको आवाज निकालिन्। ‘आज एउटा नेपालीको छोरो मरेको छ। त्यो नेपाली भोलि यो देशलाई पनि काम लाग्न सक्ने मान्छे हो, सपुत हो’, भक्कानिँदै उनले भनिन्, ‘हामीले यस्ता चिजहरू गर्दा पुरानो इतिहासलाई पनि सम्झनुपर्छ। स्मरण गरौं। देशलाई हामी कता लान्छौं। यो विषयमा हामी गम्भीर हुन जरुरी छ।’

उनले विप्लव नेतृत्वको नेकपाको समस्या राजनीतिक भएकाले वार्ता र संवादको माध्यमबाट समाधान खोजिनुपर्ने  धारणा राखिन्। ‘यहाँ राखिएका प्राविधिक कुरा एक ठाउँमा छन्। वैचारिक लडाईँ राजनीतिक कुरा हो। राजनीतिक रूपले समाधान गर्नुपर्छ। नभए फेरि दश वर्षको जनयुद्धको अवस्था आउन सक्छ’, तीर्थाले थपिन्, ‘दश वर्षको घाउको खाटा अझै मरेको छैन। देश अझै पूर्णरूपले शान्त अवस्थामा जान नसकेको अवस्थामा फेरि द्वन्द्व चर्कियो भने देश कता जान्छ।’

तीर्थाका पति यदुको माओवादीले गरेको दश वर्षे युद्धका क्रममा तत्कालीन विद्रोही पक्षबाट हत्या भएको थियो। तत्कालीन नेकपा एमालेका रुकुम सचिव तथा प्रतिनिधिसभाका सदस्य रहेका गौतमलाई तत्कालीन विद्रोही माओवादीले २०५५ साल फागुन २१ नियन्त्रणमा लिएर हत्या गरेको थियो।

भिडियोः


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.