हेड मास्टरविरुद्ध आर्थिक हिनामिनाकाे मुद्दा
काठमाडौं : रौतहटस्थित रत्न कन्या आधारभूत विद्यालय प्रधानाध्यापक राकेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनले विद्यालयको शौचालय निर्माण तथा मर्मतसमेत गर्न झिकिएको पेश्की रकम खाइमास्ने नियतले आफैंसँग राखेका छन्। परीक्षा शुल्क, प्रमाणपत्र शुल्क लगायत विद्यार्थीबाट उठाएको २ लाख ५६ हजार १९३ रुपैयाँ रकम समेत भ्रष्टाचार गरेका छन्।
उनले विद्यार्थी हाजिरी रजिष्टरमा संख्या थपघट गरी पुनः पहिले देखिकै दैनिक हाजिरी संकेत गरी विद्यार्थी संख्या बढाई नाम हेरफेर, थपघट गरी सरकारी कागजात गैरकानुनी तरिकाले सच्याउने कार्य गरेको अख्तियारको दाबी छ। उनीहरु भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी गरी अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।