अकुत सम्पत्ति कमाएकाे भन्दै सुब्बाविरुद्ध मुद्दा
काठमाडौं : कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग भट्टराईविरुद्ध २ करोड आठ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हाे।
उनले पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता, कमिसन अया, कृषि आय, घर बहाल,जग्गा, शेयर विक्री, भत्ता, कर्जाबाट १ कराड १४ लाख ९१ हजार कमाएका थिए। जग्गा खरिद, घर निर्माण, शेयर खरिद, कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्च तथा विभिन्न बैकमा रहेका मौजात समेत गरी ३ करोड १४ लाख ९९ हजार खर्च तथा लगानी गरेको देखिएको छ।
अख्तियारको अनुसन्धानमा २ करोड ८ लाख रकम खर्च तथा लगानीको स्रोत नखुलेको पाइएको छ। सुब्बा भट्टराईविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ।