एकता सहमति कार्यान्वयनमा बहाना खोजे दुर्भाग्य : प्रचण्ड

एकता सहमति कार्यान्वयनमा बहाना खोजे दुर्भाग्य : प्रचण्ड

चितवन : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको सहमतिबाट पछि हटे पार्टी र देश खतरामा पर्ने बताएका छन्।

‘एकता गर्दाको सहमति कार्यान्वयनमा कुनै बहाना खोजे त्योभन्दा बढी दुर्भाग्य अरू केही हुँदैन’, नेकपा चितवनको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा सोमबार अध्यक्ष दाहालले भने। एकताको मर्मअनुसार काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिए।

एकताका आधारका रूपमा तयार दस्तावेज र सहमतिबाट कोही पनि विचलित हुन नपाउने उनको भनाइ थियो। ‘दस्तावेज, सहमति र हस्ताक्षरबाट कुनै बहाना गरेर विचलित हुन खोज्यांै भने पार्टीका लागि सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ’, उनले भने।

उनले मार्क्सवादको सिद्धान्त लागू गर्न नसके पार्टी एकता निर्वाचन जित्नका लागि मात्रै हो भन्ने अर्थ लाग्न सक्ने धारणा व्यक्त गरे। पार्टी एकता निर्वाचन जित्न मात्र नभई कम्युनिस्ट शक्ति मापन गर्ने ब्यारोमिटर भएको उनको भनाइ छ।

एकता भाँड्न राष्ट्रिय र अन्तर्राष्ट्रिय तहबाट षड्यन्त्र भएको दाबी उनले गरे। यसप्रति सचेत रहन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे। विपक्षीले एकता प्रक्रियादेखि टुंगिने अवस्थामा भाँड्न खोजेको आरोप उनले लगाए। उनले १ सय ५५ सदस्यीय जिल्ला कमिटीलाई शपथ खुवाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.