तीन जिल्लाका १२ ठाउँमा एकैपटक प्रर्दशन
काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता गर्ने घोषणा गरेपनि आन्दोलन रोकिएको छैन। गुठीयार, सम्पदा, संस्कृतिअभियान्ताले गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलन जारी राखेका हुन्। काठमाडौं, भक्तपुर र ललितपुरका १२ स्थनमा सोमबार एकै चोटी विरोध जुलुस निस्किएको थियो।
पाटन, भक्तपुर, ठिमी, साँखु, बालाजु, कीर्तिपूर, रत्नपार्कलागयतका स्थानबाट बेलुका ४ बजे एकै चोटी गुठीयारहरूले खबरदारी जुलुस निकालेका हुन्। उनीहरूले कालो झण्डा र नेपाली राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले राष्ट्रिय सभाले फिर्ता गरी सरोकारवालासँग पुनर्लेखनका लागि छलफल आह्वान नगरेसम्म खबरदारी जुलुस निकालिरहने बताए। आन्दोलनरत पक्षले सांसदलाई गुठीका पक्षमा बोलिदिन म्यासेज गरेका छन्।