बालुवाटार जग्गा प्रकरण : अख्तियारले बोलायो ८६ जनालाई, को-को छन् ? (सूचीसहित)
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास भित्र पर्ने बलुवाटारको जग्गा अतिक्रमणका सम्बन्धमा ८६ जनालाई बयानका लागि बोलाएको छ। अख्तियारले नाती काजी महर्जनसहित ८६ जनालाई सात दिनभित्र आयोगमा हाजिर हुन सार्वजनिक सूचना नै जारी गरेको हो।
बुधबार जारी गरिएको सूचनामा बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं डिल्लीबजारका कर्मचारीको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही काय गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोरोको उजुरीको अनुसन्धानको सिलसिलमा तपाईसँग केही बुझ्नु पर्ने भएकोले यो म्याद प्रकाशित गरिएको उल्लेख छ।
‘यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं २ मा सम्पर्क राख्न नआएमा कानुन बमोजिम भइ जाने छ’, सूचनामा उल्लेख छ।
सूचनामा सरकारले प्रचलित कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिएको साविक हाँडी गाउँ मौजाहा नम्बर ४५६ को लगत भिड्ने भन्ने उल्लेख छ।
सूचनामा भाटभाटनीका संचालक मिनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, त्रिताल आयोगले भूमाफिया भनेर किटानी गरेका शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल्नी र छोरी लक्ष्मी ढकाल, रामकुमार सुवेदीका श्रीमती माधवी सुवेदीलाई बयानका लागि आयोगले बोलाएको छ।