विराटनगरको प्रथमिकतामा पूर्वाधार

विराटनगरको प्रथमिकतामा पूर्वाधार

विराटनगर : विराटनगर महानगरपालिकाले पूर्वाधारलाई प्राथमिकता दिँदै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। महानगरले मंगलबार आर्थिक वर्ष ०७६÷०७७ का लागि ५ अर्ब १२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

मेयर भीम पराजुलीले बजेट प्रस्तुत गर्दै महानगरपालिकाको आन्तरिक खर्चमा ३ अर्ब २९ करोड ४९ लाख, मझौला र एकीकृत सहरी वातावरणीय सुधार परियोजनामा एक अर्ब १२ करोड ३० लाख विनियोजन गरिएको छ। प्रदेश नम्बर–१ को राजधानीसमेत विराटनगर रहेकाले त्यसका लागि आवश्यक संरचना निर्माणसँगै विकास र समृद्घिका लागि पनि बजेट विनियोजन गरिएको छ। उनले भौतिक पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रको बजेट विनियोजनलाई प्राथमिकीकरण गरिएको बताए।

सडक पूर्वाधारको विकास तथा स्तरोन्नति, आधारभूत तथा माध्यमिक शिक्षा र त्यसको गुणस्तर सुधार, हरित विराटनगर र प्लास्टिक तथा ध्वनी प्रदूषणमुक्त विराटनगरजस्ता कार्यक्रमलाई बजेटमा महत्वका साथ समावेश गरिएको छ। बजेटमा महानगरको आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजारको अनुमान गरिएको छ। राजस्व बाँडफाँट ७२ करोड ५९ लाख ४३ हजार ५ सय, संघीय र प्रदेश वित्तीय समानीकरण अनुदान ४७ करोड ८४ लाख ७० हजार बजेट अनुमान गरिएको छ।

सशर्त अनुदानको विषयगत कार्यालयतर्फ ५८ करोड ८९ लाख, समपूरक र विशेष अनुदानतर्फ १२ करोड ५० लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ३९ करोड ५० लाख अनुमान छ। महानगरले वैदेशिक ऋण र अन्य अनुदानतर्फ २ करोड ३२ लाख ४० हजार बजेट अनुमान गरेको छ। महानगरको बजेटमा ६४ करोड ९२ लाख ७ हजार प्रशासनिक खर्च अनुमान गरिएको छ।

महानगरले भौतिक पूर्वाधार निर्माणमा २ अर्ब ५ करोड ३९ लाख, कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि ११ करोड ८३ लाख, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ लाख र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.