लेदो हटाएर ४ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग, बैरेनी बजार डुबानमा

लेदो हटाएर ४ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग, बैरेनी बजार डुबानमा

बैरेनी (धादिङ) : बुधबार रातिदेखि परेको पानीसँगै बालुवा मिश्रित लेदो बग्दा पृथ्वी राजमार्ग ४ घण्टा अवरुद्ध भएको छ। धादिङको गल्छी गाउँपालिका ६ बैरेनीबजारबाट गाउँ गाउँ जाने शाखा सडकहरू जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो थुप्रिन आइपुगेको हो।

गाउँ गाउँ जाने शाखा सडकहरूसँगै अवैधानिक बालुवा खानी पनि रहेको र अविरल वर्षातका कारण बालुवाखानीबाट बालुवाहरु बगाएर ल्याउदा विहान ४ बजेदेखि नै राजमार्गमा थुप्रिन पुगेको हो।

बालुवाको लेदोमा दर्जन भन्दा बडी सवारी साधन ५ घण्टासम्म फसेका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र  स्थानीयबासीले डोजरको सहायतामा ४ घण्टापछि अवरुद्ध राजमार्ग विहान ८ बजे खुलाएका थिए। बिहान ४ बजेदेखि नै राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका थिए।

राजमार्गलाई छेडेर जथाभावी गाउँतिर लगिएका ग्रामीण सडक, सडक भन्दामाथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण सामान्य वर्षात हुँदा पनि भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पुर्‍याउने गरेको छ। भलबाढीसँगै आएको बालुवाको लेदोले बैरेनीबजारका घरहरू पनि डुबानमा परेको छ।

रातिदेखि हालसम्म निरन्तर पानी परिरहदाँ सडकमा थुप्रिएको लेदो हटाउन धेरै समय लागेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले बताए। गल्छी गाउँपालिकाको केन्द्र रहेको बैरेनीबजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको हो। लेदो माटो सहितको बाढीले पैदलयात्रुलाई हिँड्न समेत  कठिनाई भएको छ। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गतकै गजुरी गाउँपालिका वडा नं ६, जहरेमा पनि सडकमा लेदो थुप्रिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.