ललितपुर महानगर बजेट : पूर्वाधार विकास मुख्य लक्ष्य

ललितपुर महानगर बजेट : पूर्वाधार विकास मुख्य लक्ष्य

ललितपुर : ललितपुर महानगरले गत वर्षभन्दा ११ दशमलव ५ प्रतिशत ठूलो बजेट प्रस्तुत गरेको छ। बजेटमा पूर्वाधार विकासलाई जोड दिइएको छ। गत वर्ष बजेटका केही बुँदामा सहमति नहुँदा बजेट प्रस्तुत गर्त ढिलाइ भएको थियो।

महानगर प्रमुख चिरीबाबु महर्जनले पाँच अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट प्रस्तुत गरे। उनले दुई अर्ब ७ करोड ३६ लाख रुपैयाँ पूर्वाधार विकासका लागि छुट्ट्याएका हुन्। उक्त बजेट कुल बजेटको ३८ दशमलव ७५ प्रतिशत हुन आउँछ। चालु खर्चका लागि एक अर्ब १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको हो।

कला नगरीका रूपमा चिनिएको ललितपुरलाई साँस्कृतिक सहर बनाउने र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक विकास गर्ने उद्घोष उनले गरेका छन्। त्यस्तै, सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख, सामाजिक विकासका लागि १६ करोड ८४ लाख, विपद् व्यवस्थापनका लागि १६ करोड ५५ लाख, संस्थागत र सुशासनका लागि दुई करोड २५ लाख छुट्याएका छन्।

ललितपुरको गोदावरी नगरपालिकाले आफ्नो बजेट सार्वजनिक गरेको छैन। तर, ‘सभामा बजेट प्रस्तुत गरिसकेको छु,’ मेयर गजेन्द्र महर्जनले भने, ‘ तर कुन शीर्षकमा कति बजेट भन्ने केही दिनपछि मात्र सार्वजनिक गर्छु।’ उनले यस वर्ष डेढ अर्बको बजेट ल्याउने जानकारी दिए। गादावरी नगरपालिकाले गत वर्ष ७८ करोड २२ लाख १५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद विकास, सांस्कृतिक सम्पदा संरक्षणलगायत योजनालाई पहिलो प्राथमिकतामा राखेको थियो।

त्यस्तै, महालक्ष्मी नगरपालिकाले मंगलबार करिब ९८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। गत वर्ष ५७ करोड ९४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले पनि पूर्वाधार विकासलाई जोड दिएको बताए। उनले पूर्वाधार विकासका लागि ५८ प्रतिशत बजेट छुट्याएको जानकारी दिए। गत वर्ष छुट्याएको बजेटबाट करिब ८० प्रतिशत पूर्वाधार निर्माण भएको र यस वर्षको रकम पनि विकास निर्माणका लागि अपुग हुने बताए। श्रेष्ठले भने, ‘सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत भौतिक पूर्वाधार विकास प्राथमिकतामा छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.