मृत्यु दर्ता गराउनेलाई ५ हजार

मृत्यु दर्ता गराउनेलाई ५ हजार

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मृत्यु संस्कार गर्नेलाई ५ हजार दिने निर्णय गरेको छ। नगरपालिकाको मंगलबार सम्पन्न पाँचौ नगरसभा बैठकको नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको छ। त्यसका लागि वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख भीमबहादुर थापाले बताए।

३५ दिनभित्र मृत्यु दर्ता गराउने परिवारका सदस्यले मात्र उक्त रकम पाउने छन्। विशेष गरी विपन्न वर्गहरुका लागि लक्षित गरेर रकम विनियोजन गरिएपनि नगर क्षेत्रमा मृत्यु हुने सबैका लागि यो नियम लागु हुने नगरप्रमुख भीमबहादुर थापाले बताए। यो निर्णयले अति विपन्न वर्गका परिवारलाई प्रत्यक्ष सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ। कसैले रकम लिन नचाहेमा उक्त रकम कोषमै रहने छ।

विभिन्न जिल्लामा मृत्यु भइसकेपछि पनि सामाजिक सुरक्षाबापतको रकम वितरण भएको गुनासो सुनिरहेका बेला यो निर्णयले नगर क्षेत्रमा कसैले ढाँट ÷ छल गरी रकम

दुरुपयोग गर्न नसक्ने नगरपालिकाको विश्वास छ। उक्त रकम मृत्यु हुने जुनसुकै उमेर समुहका परिवारका सदस्यलाई उपलव्ध गराइने छ। मृत्यु दर्ता भएपछि उक्त व्यक्तिको नाउँ रेकर्डबाट हट्ने र नगरपालिकाको वास्तविक जनसंख्यामा पत्ता लगाउन सहयोग पुग्ने पनि नगरप्रमुख थापाले बताए। नगरपालिकाको आन्तरिक आयमा वृद्धिहुँदै गएपछि जेष्ठ नागरिक, महिला बालबालिका, असाय र अपांगता भएका व्यक्ति र तिनका परिवारहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नगरपालिकाले कार्यक्रम सञ्चालन गर्न लागेको हो। नगरपालिकाको आन्तरिक खर्च ८ करोड छ। यसवर्ष करिब १० करोड रुपैयाँ आन्तरिक आम्दानी भएको नगरप्रमुख थापाले बताए। आगामी वर्ष उक्त आयलाई वृद्धि गरी १६ करोड पु¥याउने लक्ष्य छ।

यसैबीच नगरसभाले आ.व. २०७६÷७७ का लागि कुल ९७ लाख २८ लाख बजेट विनियोजन गरेको छ। उपप्रमुख दधिराम अर्यालले प्रस्तुत गरेको बजेटमा पूँजीगततर्फ ५९ करोड ३१ लाख र चालुतर्फ ३७ करोड ९५ लाख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.