दुई लाख घुससहित दुई इञ्जिनीयर पक्राउ
काठमाडौं : जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कन्चनपुरका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना २ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्ना कार्यालयबाटै पक्राउ परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए ।