शिक्षकको हत्यापछि राजविराज अशान्त, शवसहित प्रदर्शन

शिक्षकको हत्यापछि राजविराज अशान्त, शवसहित प्रदर्शन

राजविराज : शिक्षकको हत्यापछि राजविराज बजार अशान्त बनेको छ। युवा समूहको कुटपिटबाट सप्तरीको तिरहुत गाउँपालिका २ गोइठी घर भई राजविराजमा बसोबास गर्दै आएका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्यापछि बजार अशान्त भएको हो। 

राजविराज ७ स्थित खर्साल टोलमा स्थानीय युवाको समूहले गरेको कुटपिटबाट गम्भीर घाइते भएका बिराजीको उपचारका क्रममा बुधबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। बिराजीको मृत्युपछि राजविराजको अवस्था तनावग्रस्त भएको हो। हत्यामा संलग्न सबै जना फरार छन् भने उनीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाहीको माग गर्दै गोइठीवासीले बिहीबार राजविराजमा विरोध प्रदर्शन गरेका छन्। 

गोइठीदेखि शवसहित ट्याक्टर, भ्यान, मोटरसाइकल र पैदल राजविराज आएका प्रदर्शनकारीहरुले राजविराज नगर परिक्रमा गरेका थिए। उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि केहीबेर नाराबाजी  गर्दै धर्ना बसेका थिए। शवसहित १० किलोमिटर दुरीमा रहेको राजविराजबाट आएका प्रदर्शनकारीले बजारका पसलसमेत बन्द गराए। 

केटी साथी भेट्न गएका बेला सोमबार राति राजविराज ७ स्थित हरीनारायण शर्माको घर अगाडि बिराजीलाई घेरा हालेर स्थानीय युवाको समूहले लात्ता, मुक्का, बेल्टले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी बताउँछन्। 
घाइते यादवको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको मृतकका बुवा उपेन्द्र यादवले बताए। यादवको शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भएको छ।

मृतकका बुवा यादवले ८ जनाविरुद्ध किटानी उजुरी दिँदै कडा कारवाही र क्षतिपूर्तिको माग गरेका छन्। हत्यामा संलग्न सबै फरार रहेको र खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।

उनी राजविराज नगरपालिका २ स्थित पिस जोन मोडेल स्कुलमा शिक्षक थिए। भने सोही स्कुलको होस्टलमा बार्डेनका रुपमा समेत कार्यरत थिए। सोमबार राति करिब १२ बजे होस्टलबाट निक्लिएका बिराजी पैदल हिंडेर करिब तीन किलोमिटरको दुरीमा रहेको खर्साल टोल पुगेका थिए। 

राति अपरिचित युवालाई टोलमा ओहोरदोहोर गरेको देखेपछि केही युवाहरुले सोधपुछ गर्दै मोबाइल खोस्न थालेपछि विवाद भएको र भागेका बिराजीलाई चोर-चोर भनेर हल्ला गर्दै लखेटेर कुटपिट गरिएको स्थानीयवासीहरु बताउँछन्।
स्नातकसम्म सँगै पढेका खर्साल टोल निवासी केटी साथीले फोन गरेपछि पुगेका बिराजीलाई कुटपिट गर्न थालेपछि उनले बचाउन प्रयत्न गरेको पीडित परिवारका सदस्यहरुले बताए। उनको मोबाइलसमेत हराएको छ भने केटी साथी घटनालगत्तै मंगलबार बिहान काठमाडौं गएको बताइएको छ। खर्साल टोलमा पुगेका अन्य व्यक्तिहरु उनलाई जोगाउने प्रयत्न गरेको नसकेपछि प्रहरीलाई फोन गरी उद्धार गर्न आग्रह गरेको एक प्रत्यक्षदर्शीले बताए। बेहोस अवस्थामा सडकमा फेला परेका बिराजीलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.