१०६ जनाको जीपीए ४

१०६ जनाको जीपीए ४

काठमाडौं  : ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले एसईईमा जीपीए ४ ल्याएका छन् । ८२९००९२ सिम्बर नम्बर रहेका भट्टले उत्कृष्ट नतिजा आएकोमा खुसी व्यक्त गरे । उनले विज्ञान पढेर इन्जिनियर बन्ने लक्ष्य राखेका छन् । उनका बाबु प्रहरी सेवामा छन् । भट्टले नियमित २/३ घण्टा पढेमा राम्रो नतिजा आउने बताए । उनले भने, ‘स्कुलबाट आएर २÷३ घण्टा पढ्थें ।’

विद्यालयका शिक्षक विष्णु नेपालले धीरेन्द्र मिहनती र लगनशील विद्यार्थी भएको बताए । ‘नजानेको कुरा सोध्ने उनको बानी राम्रो छ’, उनले भने, ‘लगनशील र मेहनती पनि त्यत्तिकै छन् ।’

ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुका दिपेश अम्गाईंले पनि ४ जीपीए ल्याएका छन् । उनको सिम्बल नम्बर ०३१८०६० बी हो । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको विद्यालयका शिक्षक बताउँछन् ।

४ जीपीए ल्याएका  ज्ञानमन्दिर सेकेन्डरी स्कुल बालाजुका दिपेश अम्गाईं 

प्रिन्सिपल रविन बस्नेतले पढाइअनुसार अमगाईंले नतिजा ल्याएको बताए ।

राजधानीबाट १०६ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले सामुदायिक विद्यालयको नतिजा सुधारोन्मुख रहेको दाबी गरे ।

रूपन्देहीमा आठ जनाको ४ जीपीए

बुटवल : एसईईमा रूपन्देहीका आठ विद्यार्थीले जीपीए ४ ल्याएका छन् । सामुदायिक विद्यालयबाट एक र संस्थागत विद्यालयबाट ७ जनाले जीपीए ४ ल्याएका हुन् । पहिलोपटक सामुदायिक विद्यालयबाट कालिका मानवज्ञानकी सविना सुवेदीले चार जीपीए ल्याएकी छन् ।

बुटवलकै न्यु होराइजन माविका सातजनाले जीपीए ४ ल्याएका छन् । होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायका अनुसार अनुष्का       श्रेष्ठ, रोश्ना टण्डन, प्रवेश आचार्य, अपिल चौधरी, क्षितिज डुम्रे, सुयल ज्ञवाली र सोदीक्षा कुँवरले चार जीपीए ल्याएका छन् ।

चार जीपीए प्राप्त गरेका विद्यार्थीले बुटवलबाटै उच्च शिक्षा सुरु गर्ने बताएका छन् । अधिकांशको लक्ष्य डाक्टर बन्ने छ । ‘मैले सानैदेखि डाक्टर बन्ने सपना बुनेकी थिएँ । नतिजाले पनि साथ दियो । सोदीक्षाले भनिन्, ‘विज्ञान संकायबाट एमएबीबीएस तयारीमा जुट्नेछु ।’

छोरीले उच्च अंक ल्याएपछि परिवारले खुसीयाली मनाएको छ । सोदीक्षाकी बुवा खुम कुँवरले छोरीको सफलतामा खुसी प्रकट गरे । ‘एउटै सन्तानको सफलताले खुसीको सीमा छैन’, उनले भने ।

अर्का विद्यार्थी प्रवेश आचार्य शिक्षकका छोरा हुन् । अर्घाखाँची मालारानीका उनी हाल बुटवलमै बस्छन् । न्यु होराइजनमा कक्षा प्रथम हुँदै आएका उनले जीपीए चार आउने अपेक्षा गरेको बताए । ‘जस्तो अपेक्षा गरेको थिएँ, त्यस्तै नतिजा आयो’, उनले भने । उनको पनि डाक्टर नै बन्ने योजना छ । उनले भने, ‘चिकित्सक बनेर समाजसेवा गर्छु ।’

कालिका मानवज्ञानकी सबिना सुवेदी कपिलवस्तुकी हुन् । कक्षा शिक्षक सरस्वती थापाले भनिन्, ‘लगनशील विद्यार्थीले राम्रो नतिजा ल्याउँछ भन्ने सबिनाले प्रमाणित गरेकी छन् । जस्तो मिहेनत उस्तै नतिजा आयो ।’ सबिनाको रोजाइ पनि विज्ञान नै हो ।

जीपीए ४ ल्याएका विद्यार्थीले मिहेनत गर्दा राम्रो नतिजा आउने अनुभव सुनाउँछन् । ‘पछिल्लो एक महिना जति मेहनत गरियो, आफ्नै नतिजा राम्रो आयो’, होराइजनकी कुँवरले भनिन्, ‘व्यावहारिक भएर पढाइमा ध्यान दिँदा राम्रो नतिजा आउँदो रहेछ ।’

एसईईमा नतिजामा जीपीए ४ ल्याउने आठ विद्यार्थी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.