३० हजार घुससहित पक्राउ परेका प्रहरी जवानविरुद्ध मुद्दा
काठमाडाैं : अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सशस्त्र प्रहरी जवान अरुण झाविरुद्ध मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल, नं ११ गण हेड क्वार्टर हजमिनिया, रौतहटका कार्यरत झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज सेवाग्राहीसँग ३० हजार घुस लिएका थिए ।
रंगेहात पक्राउ परेका झाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको मागदाबीसहित विशेष अदालत आरोपपत्र दायर गरिएको छ ।