मदरसामा भ्रष्टाचार
काठमाडौं : ज्याउल हल आधारभूत विद्यालय (मदरसा) सुनसरीका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
शौचालय निर्माण र छात्रवृतिको प्राप्त अनुदान रकममध्ये चार लाख ६० हजार हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा हालेको हो ।
चाँदवेला हाल इनरूवा नगरपालिका ७ मा रहेको यो मदर्शाका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त अनुदान रकमको लेखा परीक्षण समेत नगराई बमोजिम सजाय मागदाबी गरी विशेष अदालत आरोपपत्र दायर गरिएको छ ।