कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : १२ हजार पास

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : १२ हजार पास

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार १२ हजार ९ परीक्षार्थी पास भएका छन्। 

शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार  ९ हजार १३३ जना उत्पादनतर्फ र २ हजार ८७६ जना कृषितर्फ पास भएका हुन्। पास भएका मध्येबाट स्किल टेष्टमा सफल भएपछि मात्र कोरिया जान योग्य हुने भण्डारीले बताए। कम्प्युटरमा आधारित स्किल टेष्ट सेप्टेम्बरमा हुनेछ। कोरियाले १० हजार ५० जना पास गराउने लक्ष्य लिए पनि झण्डै दुई हजार बढी विद्यार्थी पास गराएको हो।

दक्षिण कोरियाले सन् २०१९ मा १० हजार नेपाली कामदार लाने घोषणा गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष झण्डै दुई हजार बढी नेपाली कामदार लाने तयारी कोरियाको छ। 

उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लाने ईपीएस शाखा कार्यालयले जनाएको छ। 

सन् २०१८ मा आठ हजार पाँच सय ११ कामदार कोरिया गएका थिए। सन् २०१९ भित्र पाँच हजार भन्दा बढी कोरिया गइसकेका छन्।  कोरिया जानका लागि ८४ हजार दुई सय १५ जनाले परीक्षा दिएका थिए। गत जेठ अन्तिम साता काठमाडौं र पोखरामा भाषा परीक्षा सम्पन्न भएको थियो।

कोरिया जानका लागि ९२ हजार भन्दा बढीले फारम भरेपनि आठ हजार एक सय ४१ जना अनुपस्थिति थिए। सन् २००७ देखि सुरु भएको कोरिया रोजगारीमा हालसम्म ६२ हजार भन्दा बढी कोरिया गएका छन्। 

कोरियाले उत्पादन क्षेत्रमा नेपाली कामदार रुचाएको छ। कृषिका लागि पास भएका सबै कोरिया नपुगे पनि उत्पादनमूलक क्षेत्रमा भाषा उत्तीर्ण गर्ने प्रायःसबैजसो गएका छन्।  

कोरियाले १६ देशबाट वार्षिक ५० देखि ५५ हजार कामदार लाने गरेको छ। सन् २००७ मा सम्झौता भई सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् नेपाली कामदार कोरिया जान थालेका हुन्। कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। नतिजा हेर्नुहोस् 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.