रामेछापको दुरागाउँमा बोलेरो दुर्घटना : चालकको मृत्यु, वडाध्यक्ष घाइते

रामेछापको दुरागाउँमा बोलेरो दुर्घटना : चालकको मृत्यु, वडाध्यक्ष घाइते

काठमाडौं : रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने वडा अध्यक्ष गम्भीर घाइते भएका छन्। लिखु तामाकोशी गाउँपालिका वडा नं १ (साबिकको वडा नं ८)  तेर्सेमा शनिबार बिहान दुरागाउँबाट साब्रा जाने क्रममा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको स्थानीय ज्ञानबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ भने वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते भएका छन‍्। गुरुङका अनुसार घुम्तिनिर दुर्घटना हुन लागेको संकेत पाएपछि वडाध्यक्ष र चालक दायाँबाँया साइडमा हाम फालेका थिए । 

बोलेरो चालक झरेको साइडमा खसेपछि उनलाई किचेको स्थानीयले बताएका छन् । दुर्घटना भएको गाडि चालक तामाङको निजी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.