प्रधानमन्त्रीको सुझाब-'गमलामा खुर्सानी र टमाटर रोप्नुहोस्, अचार खान पुग्छ'

प्रधानमन्त्रीको सुझाब-'गमलामा खुर्सानी र टमाटर रोप्नुहोस्, अचार खान पुग्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त स्थान नभए गमलामा भएपनि फलफु्ल र विरुवा रोप्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । शनिबार कोटेश्वरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै ओलीले गमलामा भएपनि केही विरुवा लगाउँदा त्यसले स्वास्थ्य र वातावरण फाइदा गर्ने बताए। 

‘केही नभए खुर्सानी लगाउनुस्, किन्न जानुपर्दैन, अचार बनाउन त पुग्छ ।’ ओलीले भने दुईवटा गमलामा खुर्सानी, दुईवटामा टमाटर लगाउनुस् अलिकति नुन थपेपपछि अचार बन्छ ।’ 
 बजार जानुभन्दा कौसीतिर जानु राम्रो हुने र  झोला बोकेर हिन्नुभन्दा टपक्क टिपेर ल्याएको खान उचित हुने ओलीले बताए । 

सरकारले शनिबारबाट मुलुकभर वृक्षारोपण कार्यक्रमको आरम्भ गरेको छ । नास्पातीकाे विरुवा रोपेर प्रधानमन्त्री ओलीले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरे।

यस वर्ष सरकारले ३ करोड फलफूलका विरुवा रोप्ने लक्ष्य राखेको प्रधानमन्त्रीले जानकारी दिए । उनले भने–‘कम्तिमा ४ करोड वृक्षारोपण यसै वर्ष गरिने छ।’ ५ करोडभन्दा धेरै विरुवा नेपालमा नभएकाले यसवर्ष नर्सरीलाई व्यापकता दिएर अर्को वर्ष थप विरुवा रोप्ने ओलीको जनाए । ‘हरित शहर, हरित सडक’ को अभियानमा सरकार लागेको र चौडा गरीसकेका सडकमा मात्रै विरुवा रोप्ने बताए । 

फेरी खन्ने, भत्काउने सडकमा नलगाउने भन्दै उनले रोपेको विरुवाको सुरक्षा जिम्मा हरेक नेपालीले लिई सन्तानलाईझैं प्रेमपूर्वक हुर्काउन सुझाव दिए ।  कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले पनि विरुवा रोपेका थिए । 

वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, कर्मचारी, स्थानीहरु उपस्थिति थियो ।  विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  पनि उपस्थिति थियो । 
ललितपुरको चक्रपथखण्डमा शनिबार ३ हजार विरुवा रोप्ने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.