चार हजार चल्ला बरामद
नुवाकोट : अवैध रुपमा ओसारपसार गरिएको कुखुराका चल्ला प्रहरीले नुवाकोटको वेत्रावतिबाट बरामद गरेको छ । नुवाकोटको छिमेकी रसुवाको भोर्लेमा पालिएका व्रोइलर कुखुरामा वर्ड फ्ल्यु रहेको पुष्टि भएपछि नुवाकोटमा पनि कुखुरा र कुखुराजन्य सामग्रीमा निगरानी बढाइएको हो ।
पासाङल्हामु मार्गको त्रिशूली–वेत्रावडि सडकखण्ड अन्तर्गत विदुर नगरपालिका वडा नं. १० वेत्रावति बजारमा अवैध रुपमा ल्याइएको चार हजार कुखुराका चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तीन जना व्यापारीले रसुवातर्फ लैजाँदै गरेको कुखुराका चल्ला बरामद गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।
कुनै पनि भेटनरी तथा स्वास्थ्य जाँचको प्रमाणित कागजपत्र नभएपछि चल्लाहरु बरामद गरिएको उनले बताए । नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोटका अन्य स्थानमासमेत स्वास्थ्य परिक्षण बेगर कुखुराहरुको बिक्रिवितरण हुने गरेको जनाएको छ ।