दाङमा जीप दुर्घटना : चालकको मृत्यु

दाङमा जीप दुर्घटना : चालकको मृत्यु

दाङ : दाङको तुलसीपुर-सुर्खेत सडकखण्डको श्रीगाउँमा शनिबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रगैँचाबाट तुलसीपुर आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप दंगीशरण ७ श्रीगाउँ नजिक दुर्घटना हुँदा दंगीशरण ७ का जीप चालक २८ वर्षीय डिल्लीबहादुर ओलीको मृत्यु भएको हो। 

जीप अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते चालक ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीले बताए।

अर्को दुर्घटनामा इलाका प्रशासन प्रमुख घाइते

त्यस्तै अर्को एक दुर्घटनामा इलाका प्रशासन कार्यालय तुलसीपुर दाङका प्रमुख यादव सुवेदी घाइते भएका छन्। दाङको तुलसीपुर-घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर मोतिपुरमा सुवेदी सवार रा १ झ ९९ नम्बरको सरकारी बलेरो जीप दुर्घटनामा हुँदा उनी घाइते भएका हुन। उनको टाउँकोमा चोट लागेको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार सुवेदीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि काठमाडौं पठाउने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.