''पारलिङ्गी' को गौरवयात्रा (फाेटाे फिचर)
काठमाडौं : यौनिक तथा लैङिक अल्पसंख्यक (क्वेयर समुह)ले गौरवयात्रा(प्राइड परेड) गरेका छन्। माइतीघर मण्डलाबाट शनिवार दिउँसो सुरु भएको गौरवयात्रामा बानेश्वरसम्म आएर टुंगिएको हो।
राज्यको हरेक क्षेत्रमा यौनिक तथा लैङ्गिक अप्पसंख्यकहरुको समावेशी सहभागिता हुनुपर्छ भन्ने मुल नाराका साथ उक्त यात्रा गरिएको थियो। क्वयेर युवा समूहका दिपेश श्रेष्ठ, दिया योञ्जन, रुक्साना कपाली र सफल लामाले लगायतले गरेका छन्। यसलाई उनीहरुले अन्तराष्ट्रिय गौरवमास पनि भनेका छन्।
समाजले दुईवटा लिंगलाई मात्र मान्यता दिएको र लैङिकता विविधता हुन्छ भन्ने जानकारी गराउन उक्त गौरवयात्रा गरिएको आयोजकको भनाई छ। प्राइड परेड सन् १९६९ बाट सुरु भएको हो।