रोमाञ्चक जित, पाकिस्तान शीर्ष चारमा

रोमाञ्चक जित, पाकिस्तान शीर्ष चारमा

लन्डन : पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ । विश्वकपअन्तर्गत शनिबार भएको खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो । विश्वकपमा आठ खेल खेलिसकेको पाकिस्तानले नौ अंक बनाएको छ । पाकिस्तान अंक तालिकाको चौथो स्थानमा पनि उक्लिएको छ ।

अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि इमाद वासिमले अविजित ४९ रन बनाए । उनले ५४ बलमा पाँच चौका हिर्काए ।

यसैगरी बाबर आजमले ४५, इमाम उल हकले ३६, हरिस सोहेलले २७, मोहम्मद हफिजले १९, कप्तान सरफराज अहमदले १८ र वाहव रियाजले १५ रन बनाए । अफगानिस्तानका मुजीवउर रहमान र मोहम्मद नाबीले दुई÷दुई विकेट लिए । यसैगरी रासिद खानले एक विकेट हात पारे ।

विश्वकपमा अब पाकिस्तानले समूह चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । यसैगरी अफगानिस्तानले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । अफगानिस्तानले भने खेलेका आठै खेलमा पराजय बेहोरेको छ ।

यसअघि लिड्सको हेडिङ्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २२७ रन बनाएको थियो । लगातार विकेट गुमाउँदा अफगानिस्तानले मध्यम योगफल मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि अस्घर अफगान र नजिबुल्लाह जाडरनले समान ४२ रन बनाए । यसैगरी रमात साहले ३५, इक्रम अली खिलले २४, समिउल्लाह सिनवारीले १९, मोहम्मद नाबीले १६ र कप्तान गुलबद्दिन नइबले १५ रन बनाए ।

अफगानिस्तानलाई विशाल योगफलबाट रोक्न पाकिस्तानका युवा बलर साहिन अफ्रिदीले चार विकेट लिए । यसैगरी इमाद वासिम र वाहव रियाजले दुई/दुई तथा सदाव खानले एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.