बलर हाबी भएको खेल : अस्ट्रेलियाको फराकिलो जित

बलर हाबी भएको खेल : अस्ट्रेलियाको फराकिलो जित

लण्डन : आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता अस्ट्रलियाले सानदार जित हात पारेको छ । गत विश्वकपको उपविजेता न्युजिल्याण्डलाई ८६ रनले हराउँदै अस्ट्रलियाले सातौ जित हात पारेको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाई २४३ रनको योगफल बनाएको थियो । २४४ रनको समान्य लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४३.४ ओभरमा सबै विकेट गुमाई १५७ रन मात्रै बनाउन सक्यो । 

यस खेलका दुवै पालीमा बलर हाबी भए । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । २१.३ ओभरमा ९२ बनाउँदा  महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । अस्ट्रेलियाका लागि उस्मान खावाजा र सातौं नम्बरमा क्रिजमा आएका एलेक्स केरीले छैटौं विकेटका लागि १०७ रनको साझेदारी गरी अस्ट्रेलियाको इनिङ उकासेका थिए । 

खावाजाले ५ चौकासहित १२९ बलमा ८८ रन बनाउँदा, केरीले ११ चौकाकासाथ ७२ बलमा ७१ रनको योगदान गरे । 

पाट कुम्निसले २३ र मार्कुस स्टुनिसले २१ रन जोडे । अघिल्ला खेलमा उत्कृष्ट ब्याटिङ गरेका डेभिड वार्नर १६ र कप्तान आरोन फिन्च ८ बनाएर आउट भए । 

न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ४ विकेट लिँदा लोकिए फर्गुसन र जेम्स निशमले २–२ विकेट लिए । बोल्टले अम्तिम ओभरमा लगातार  तीन विकेट लिई ह्राट्रिक गर्न सफल भए । 

२४४ रनको सामान्य लक्ष्य पाएको न्युजिल्याडले पनि खराब ब्याटिङ गर्‍यो ।  न्युजिल्याडका कुनै ब्याट्सम्यानले अर्धशतकसम्मको स्कोर बनाउन सकेनन् । कप्तान केन विलियमसनले सर्वाधिक ४० रन बनाए । रोस टेलरले ३० र मार्टिन गुप्टिलले २० रन बनाए । 

न्युजिल्याण्डका लागि अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क घातक बने । ९.४ ओभर बलिङ गरेका उनले एक मेडनसहित २६ रन दिएर ५ विकेट लिए । यस विश्वकपमा सर्वाधिक विकेट लिनेको सूचीमा पहिलो नम्बरमा रहेका स्टार्कले ८ खेल खेल्दा २४ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा ७ खेलबाट १७ विकेट लिएका न्युजिल्याण्डका लोकिए फर्गुसन रहेका छन् । 

८ खेलबाट १४ अंक बनाएको अस्ट्रेलिया १४ अंकसहित शीर्ष स्थानमा कायम छ । ६ खेलबाट ११ अंक रहेको भारत दोस्रो, ८ खेलबाट ११ नै अंक रहेको न्युजिल्याण्ड तेस्रो र समान खेलबाट ९ अंक बनाएको पाकिस्तान चौथो स्थानमा छ ।  समूह चरणको अन्तिम खेलमा  अस्ट्रेलियाले दक्षिण अफ्रिका र न्युजिल्याण्डले इङ्ल्याडको सामना गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.