विश्वकप फाइनलमा सर्वाधिक रनको कीर्तिमान

विश्वकप फाइनलमा सर्वाधिक रनको कीर्तिमान

विश्वकप क्रिकेटमा फरक फरक कीर्तिमान बनिरहेका छन् । विश्वकपको फाइनल खेलमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान भने अस्ट्रेलियाका एडम गिलक्रिस्टको नाममा छ । एडमले सन् २००७ को विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध फाइनल खेलमा १४९ रनको शतकीय पालि खेलेका थिए । उनले १०४ बलमा उक्त रन बनाएका थिए ।

 एडमले कीर्तिमानी शतक बनाउने क्रममा आठ छक्का र १३ चौका हानेका थिए । फाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई ५३ रनले हराउँदै उपाधि जितेको थियो । एडम फाइनल खेलको प्लेयर अफ दी म्याच पनि भएका थिए । ४७ वर्षीय एडम अस्ट्रेलियाका पूर्वकप्तानसमेत हुन् । 

विकेट किपरसमेत रहेका उनी आक्रामक बायाँहाते ब्याट्सम्यान हुन् । उनी अहिले क्रिकेट कमेन्टेटरका रूपमा सक्रिय छन् । विश्वकपको फाइनल खेलमा भने हालसम्म ६ शतक बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.