आयोजकलाई भारतको चुनौती

आयोजकलाई भारतको चुनौती

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार आयोजक इङ्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल एजबास्टन मैदानमा नेपाली समयअनुसार दिउँसो ३ :१५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोली उपाधि दाबेदार हुन् ।

 दुई पटकको विश्वकप च्याम्पियन भारत जारी विश्वकपमा अपराजित छ । भारत आयोजक इङ्ल्यान्डविरुद्ध पनि आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । यसैगरी इङ्ल्यान्ड पनि बलियो भारतलाई रोक्दै सेमिफाइनलमा स्थान बनाउने दाउमा छ ।

भारत र इङ्ल्यान्ड पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी बन्दै आएका छन् । भारतले दुई संस्करणको उपाधि जितिसकेको छ । इङ्ल्यान्डले भने विश्वकप अहिलेसम्म जित्न सकेको छैन । भारतले सन् १९८३ र सन् २०११ को विश्वकप उपाधि जितेको थियो । जारी विश्वकपमा हालसम्म ६ खेल खेलेको भारत अपराजित टोली हो । पाँच खेल जितेको भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । भारतले तालिकामा ११ अंक बनाएको छ । आइतबार हुने खेल पनि जितेर भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ । भारत बलियो र सन्तुलित टोलीका रूपमा देखिएको छ । भारतको सबै पक्ष उत्कृष्ट छ । भारतीय टोलीसँग क्षमतावान् ब्याट्सम्यान र बलरको कमी छैन । अनुभवी बलर भुवनेश्वर कुमार पनि चोटमुक्त भएर खेलमा फर्किएपछि भारतको मनोबल थप उच्च छ ।

यसैगरी इङ्ल्यान्ड भारतलाई हराएर सेमिफाइनलमा आफ्नो स्थान बलियो बनाउले लक्ष्यमा छ । इङ्ल्यान्डले सात खेल खेलिसकेको छ । इङ्ल्यान्डले चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । इङ्ल्यान्डले तालिकामा आठ अंक बनाएको छ । जारी विश्वकपमा घरेलु टोलीलाई पाकिस्तानले १४ रन र श्रीलंकाले २० रनले हराएका थिए । अघिल्लो खेलमा इङ्ल्यान्ड साविक विजेता अस्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो । यद्यपि यस विश्वकपमा आयोजक इङ्ल्यान्ड पनि सशक्त देखिएको छ । इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । घरेलु मैदान र समर्थकको साथ पनि इङ्ल्यान्डलाई छ । त्यसैले भारतविरुद्ध इङ्ल्यान्डले उच्च स्तरको प्रदर्शन गर्ने योजना बनाएको छ ।

यसअघि एकदिवसीय क्रिकेटमा यी दुई टोलीको भिडन्तमा भारत बलियो देखिएको छ । यी दुई टोलीबीच अहिलेसम्म ९९ वटा एकदिवसीय खेल भएका छन् । भारतले ५३ खेलमा जित हात पारेको छ । इङ्ल्यान्डले भने ४१ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएको छ भने तीन खेल अनिर्णित भएको छ । एकदिवसीय विश्वकपमा यसअघि यी दुई टोलीबीच सात पटक भिडेका छन् । दुवै टोलीले तीन÷तीन खेल जितेका छन् भने एक खेल अनिर्णित बनेको थियो । त्यसैले लयमा रहेको भारत र बलियो आयोजकबीचको भिडन्तले आम क्रिकेट दर्शकलाई भरपूर मनोरञ्जन दिनेछ ।

आजको खेल

इङ्ल्यान्डविरुद्ध भारत

एजबास्टन (दिउँसो ३ :१५ बजे)

एकदिवसीयमा दुई टोली

कुल  : ९९ खेल

भारत विजयी  : ५३ खेल

इङ्ल्यान्ड विजयी  : ४१ खेल

अनिर्णित  : ३ खेल

बराबरी  : २ खेल

विश्वकपमा दुई टोली

कुल  : ७ खेल

भारत विजयी  : ३ खेल

इङ्ल्यान्ड विजयी  :३ खेल

अनिर्णित  : १ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.