वर्षाको पानीमा नभिज है

वर्षाको पानीमा नभिज है

भाइबहिनीहरू, अहिले मौसम परिवर्तन हुन लागेको छ। एकै क्षणमा गर्मी हुन्छ। केही बेरमै आकाशबाट पानी पर्न थाल्छ। त्यसैले यो मौसमलाई वर्षातको मौसम पनि भनिन्छ।

वर्षातको मौसममा लामखुट्टे, झिँगा लगायतले रोग सार्ने जोखिम हुन्छ। फिजिसियन डा. लोचन कार्कीका अनुसार यो समयमा बालबालिकालाई रोग लाग्ने सम्भावना बढी हुन्छ। वर्षाको पानीमा भिज्नु हुँदैन। गर्मी भएको बेला आकाशबाट परेको पानीमा भिज्यो भने रुखाखोकी लाग्न सक्छ। त्यस्तै ज्वरो आउने, टाइफाइड हुने जोखिम भएकाले पानीमा भिज्न नहुने डा. कार्कीको भनाइ छ। स्कुलमा हिँडेर वा बसमा जाने बालबालिका बाटोमा वा बसबाट झर्ने तथा चढ्ने बेला पानीमा रुझ्न सक्छन। त्यस्तै स्कुलमा खुला चौरमा पानीमा भिज्न सक्छन्। यस्तो बेला अभिभावक एवं शिक्षक÷शिक्षिकाहरू सजग हुनुपर्छ।

खानेपानीको पाइपमा ढलको फोहोर पानी मिसिएर अशुद्ध भएको हुन सक्छ। ठाउँठाउँमा पानी जमेको हुन्छ। जमेको पानीमा लामखुट्टेले फुल पार्ने गर्छ। लामखुट्टे र झिँगा फोहोरमैला भएको ठाउँमा बस्न मन पराउँछन्। किटाणु सार्न सक्छन्। डेंगु, औलो, कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने जोखिम हुन्छ। त्यसैले घरवरपरको सरसफाइमा पनि ध्यान दिनुपर्छ।

यो बेला खानेकुराहरू चाँडै सड्ने र गल्ने हुन्छ। संक्रमणको जोखिम हुन्छ। त्यसैले बासी खानेकुराहरू खान नहुने डा. कार्कीको सुझाव छ। झाडापखाला, आउँ लगायतका समस्या पनि यो समयमा बढी देखा पर्छ।

त्यस्तै गर्मी बढी हुने भएकाले शरीरमा पसिना पनि आउँछ। पसिनाले शरीर च्याप च्याप लाग्ने हुन्छ। त्यसैले नुहाउन अल्छी गर्नु हुन्न। नुहाउन अल्छी गर्दा छालासम्बन्धी समस्या देखिन सक्छ। धेरै दिनसम्म ननुहाउँदा नराम्रो गन्ध निस्कन्छ। त्यसैले शरीर फोहोर हुनेबित्तिकै नुहाउनु पर्छ। नुहाएर सफा लुगा लगाउनु पर्छ।

के गर्ने

· छाता ओढेर हिँड्ने

· खाना खानुअघि सफासँग हात धुने

· शौचपछि साबुनपानीले हात धुने

· बासी खानेकुरा नखाने

· उमालेको पानी पिउने

· लामखुट्टेबाट जोगिन झुलभित्र सुत्ने

· पानीमा नखेल्ने

· आकाशबाट परेको पानीबाट जोगिने

· चिसो कपडा नलगाउने

· सफा लुगा लगाउने

· बेलाबेलामा नुहाउने

· घर वरपर सफासुग्घर राख्ने


पानीजन्य रोगबाट बच्ने उपाय

घरआँगन फोहोर भएको अवस्थामा झिँगा, लामखुट्टे उत्पत्ति हुन्छ। त्यसैले घरभित्र र बाहिर पनि सफा राखेर झिँगा भन्कन दिनु हुँदैन। घर वरपरका खाल्डाखुल्डी पुरेर पानी जम्न दिनु हुँदैन।

पूरा बाहुला र शरीर ढाक्ने लुगा लगाउनु पर्छ। प्लास्टिक, टिनका बुट्टाहरू, गाडीका टायर, गमला तथा कुलरमा पानी जम्न दिनु हुँदैन।

· पानी उमालेर पिउने

· पिउने पानीमा क्लोरिन झोल वा चक्की प्रयोग गरी शुद्धीकरण गरेर मात्र पिउने

· खानेपानी सधैं सफा भाँडोमा छोपेर राख्ने

· खानेपानीलाई बेलाबेलामा परीक्षण गर्ने

· सुरक्षित रहेको यकिन गरेपछि मात्र पानी पिउने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.