यसरी पढे भइन्छ उत्कृष्ट

यसरी पढे भइन्छ उत्कृष्ट

गत बिहीबार यस वर्षको एसईईको नतिजा सार्वजनिक भयो। यसमध्ये पनि एक सय ६ जनाले जीपीए ४ ल्याएर पास गरे। काठमाडौंमा मात्र विभिन्न विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीले जीपीए ४ ल्याए। यसरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आफ्नो एसईई तयारी कसरी गरेका थिए त ? उनीहरुले कुन तरिका अपनाएर पढ्थे ? यस्ता धेरै जिज्ञासा अन्य विद्यार्थीलाई पनि लागेको होला। आगामी वर्ष एसईई दिने विद्यार्थीलाई पनि अब कसरी पढ्दा राम्रो अंक ल्याउन सकिएला भन्ने उत्सुकता जागेको हुन सक्छ।

जीपीए चार ल्याउनेमध्ये दीपेश अमगाईँले सैद्धान्तीक विषयमा पनि ए प्लस ल्याएका छन्। यसको विशेष मन्त्र आफ्नो लगन, मेहेनत र एकाग्रता नै हो भन्छन् उनी। परिक्षाको बेलामा बिहान ४ बजे नै उठ्ने दीपेश परिक्षा नहुँदा ५ बजे मात्र उठ्छन्। शुरु शुरुमा उठ्न गाह्रो हुने भएकाले उनले अलार्म राख्ने गर्थे। तर अहिले बानी परिसकेकाले उनलाई अलार्मको घण्टी चाँहिदैन। विद्यालयमा अतिरित्त कक्षाको संचालन गरिएकाले उनी ६ बजे नै विद्यालय जान्थे। त्यहाँ ९ बजेसम्म अतिरित्त कक्षामा बसेपछि १० बजेपछि नियमित कक्षा शुरु हुन्थ्यो।

घोकेर पढ्नुभन्दा बुझेर पढ्नुपर्छ भन्ने उनको मान्यता छ। त्यसैले शिक्षकशिक्षिकाले पढाएको ध्यान दिएर सुन्थे। नबुझेका विषय सोधिहाल्थे। ४ वर्षसम्म कक्षा संचालन हुन्थे। त्यसपछि सुक्रबार स्काउटको कक्षा चल्थ्यो भने अरु बार कराँतेको। उनी करातेका ब्ल्याकबेल्ट खेलाडी हुन्। पछिल्लो समयमा मात्र पढाईमा अलि बढी समय दिनु परेकाले उनले स्काउट र कराँते क्लास लिन छाडेका थिए।

करिव साडे पाँच बजेसम्म उनी घर आइसक्थे। हातखुट्टा धोएर खाजा खाएपछि गृहकार्य गर्न बस्थे। कतिपय विद्यार्थीले गृहकार्य धेरै भएर पढ्न भ्याइएन भन्ने गुनासो गर्छन्। तर दीपेश गृहकार्य नहुँदा झन अरु नै विषयमा ब्यस्थ भइने बताउँछन्। उनी भन्छन्, ‘ होमवर्क भएन भने त झन पढिँदै पढिन्न नि। त्यसैले होमवर्क त हुनैपर्छ।’ गृहकार्य गर्दा उनी कहिलेकाहीँ मन्द संगीत बजाएर गर्न रुचाउँछन्। यसले ध्यान अझै पढाईमा केन्द्रित गर्ने उनको अनुभव छ।

बेलुकी खाना खाएपछि उनी केही समय ममीबाबासँग टेलिभिजनमा समाचार हेर्न बस्थे। सामाजिक जस्ता विषयका लागि समाजमा भएका घटनामा अपडेट हुनुपर्ने भएकाले आफूले टीभी हेर्ने गरेको उनको भनाई छ।

पाठ्यक्रममा मात्र सिमिति भएर नपुग्ने उनी बताउँछन्। त्यसैले उनी सामान्य ज्ञानका किताबहरु पढिरहन्थे। त्यसैगरि दिमाग बढाउने खालको बौद्धिक किताबहरु पनि खोजेर पढ्थे। विद्यायमा दैनिक आउने पत्रिका पनि पढ्ने उनको बानी थियो।

हिजोआज विद्यार्थी अभिभावकले झिमिक्क आँखा झिम्क्याउनासाथ सामाजिक संजालमा ब्यस्थ भइहाल्छन्। दीपेश अरुभन्दा अलि फरक छन्। उनको पनि फेसबुक अकाउन्छ छ। तर उनी दसैं तिहार र लामो विदामा मात्रै त्यसलाई चलाउँछन्। उनी युट्युब पनि चलाउँछन्। तर त्यसमा उनी पाठ्यक्रमकै विषयबस्तु खोज्ने गर्थे। गणितका कुनै विषय गाह्रो लागे उनी ट्युबुक खोलेर त्यसलाई बुझ्ने प्रयास गर्थे। त्यसैगरि विज्ञान, सामाजिकलगायतका विषयमा पनि अझै प्रष्ट हुन उनी कहिलेकाहीँ युट्युबमै हेर्थे।

सानो छँदा उनलाई अन्तरिक्षयात्री बन्ने रहर लाग्थ्यो। त्यसैले युट्युब खोलेर पढाईकै विषयमा खोजिरहँदा पनि कहिलेकाहीँ उनको ध्यान भड्किन्थ्यो। उनी सूर्य, चन्द्रमा, ग्रह, अन्तरिक्षलगायका विषयमा खोज्न थाल्थे।

उनलाई मनपर्ने विषय विज्ञान र गणीत हो। नेपाली र सामाजिक शिक्षा अलिकति गाह्रो लाग्थ्यो। तर पनि आफ्नो नेपाली शिक्षक फडिन्द्र भट्टराई सरले पढाउने तरिका नै अरुभन्दा फरक भएकाले आफूलाई पनि बुझ्न सजिलो हुने उनी बताउँछन्। नेपाली र अँग्रेजी बाहेक अन्य विषयका उनले विभिन्न प्रकाशनका पुस्तकहरु ल्याएर पढ्ने गर्थे।

लगातार घण्टौं पढ्ने उनको बानी थिएन। पढ्न बसेको एकडेड घण्टापछि उनी ५,१० मिनेटका लागि बाहिर निस्कन्थे। यताउति हेरेर अलि फ्रेस भएपछि मात्र पुन पढ्न बस्थे। यसले सँधै पढाईमै ध्यान एककृत गर्न सजिलो भएको उनी बताउँछन्।

के भन्छन् शिक्षक

भविष्यमा सूचना प्रविधिको क्षेत्रमा लाग्न चाहने दीपेश अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेका उनका विद्यालयका प्रधानाध्यापक रबिन बस्नेतले बताए। दीपेश सीएमसी करियर क्विज सिजन ७ का विजेता पनि हुन्। उनले ब्याडमिन्टन पनि राम्रो खेल्छन्। कराँतेमा ब्ल्याकबेल्ट पाइसके भने स्काउटका उनी राम्रा स्वयंसेवक हुन्। यति धेरै क्षमता भएका विद्यार्थीले राम्रो वाताबरण पाए उत्कृष्ट नतिजा ल्याउँछन् भन्नेमा विद्यालय परिवार विश्वस्त रहेको प्रधानाध्यापक बस्नेतले बताए। उनका अनुसार दीपेशको स्वभाब मिलनसार छ र उनी विद्यालयमा क्याप्टेन हुँदा पनि सबै विद्यार्थीलाई समेटेर लान सक्ने नेतृत्वदायी क्षमता रहेको छ।

४ जीपीए ल्याउनेमध्येकै ज्ञानोदय मावि बाफलका धीरेन्द्र भट्टले दैनिक तीन घण्टा राम्रोसँग पढेमा राम्रो नतिजा आउने बताए। डडेलधुरा घर भई विगत ७ वर्षदेखि काठमाडौं बस्दै आएका धीरेन्द्र ज्ञानोदयमा कक्षा ८ देखि पढ्न थालेका हुन्। कक्षाकोठामा पढाएका विषयलाई ध्यान दिएर सुन्ने र लेखाएको नोटलाई राम्रोसँग पढ्ने बानीले आफूलाई उत्कृष्ट बनाएको उनले बताए।

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुलका विद्यार्थी स्वीकार खड्का दिनमा आठ घण्टा मेहेनतका साथ पढे उत्कृष्ट नतिजा आउने बताउँछन्। पढ्न मन नलागेका बेलामा कर गरेर पढ्न नहुने उनको बुझाई छ। उनी कुनै पनि पाठलाई राम्रोसँग पढेर त्यसको महत्वपूर्ण बुँधालाई कविताको शैलीमा नोट बनाएर त्यसैलाई पढ्ने गर्थे।

पाठ्यपुस्तकका साथै अन्य किताब पनि पढ्ने उनको बानी थियो। अरु समयमा पाठ पढेपनि परिक्षाको बेलामा धेरै जसो प्रश्नहरु नै अभ्यास गर्थे। तनाव रहीत भएर परिक्षा दिए राम्रो नतिजा आउने उनको अनुभव छ। त्यसैगरि ब्राइट फ्युचर उमावि नैकापका छात्राद्वय पूजा ढकाल र सुस्मिता कोइराला पनि कक्षाकोठामा ध्यान दिने र घरमा मेहेनतका साथ पढ्नु नै जीपीए ४ ल्याउने मुल मन्त्र रहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.