धादिङमा बस र दुई माइक्रो ठोक्किँदा दुईको मृत्यु, ३० घाइते

धादिङमा बस र दुई माइक्रो ठोक्किँदा दुईको मृत्यु, ३० घाइते

काठमाडौं : धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० घाइते भएका छन्।

आइतबार काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस, चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको माइक्रो र बा २ ख ४५६७ नम्बरको माइक्रो ठोक्किँदा धादिङ महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र अर्की एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

मृतक दुबैको शव गजुरी अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काका अनुसार दुर्घटनामा घाइते  १८ जनालाई काठमाडौं रिफर गरिएको छ ।

अन्य सातजनाको गजुरी अस्पताल र दुईजनाको चरौदीमा उपचार भइरहेको छ । सामान्य उपचारपछि तीनजना घर फर्किएका छन् । 

प्रहरी चौकी जोगिमाराले बा ३ ख १००४ नम्बरको चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षीय रबिन खड्कालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.